काठमाडौ । नेपालको खर्बौ रुपैयाँ वस्तु तथा सेवा आयातका नाममा बाहिरिदै आएको छ । चालु आर्थि बर्ष २०८१।०८२ को ६ महिना अर्थात पुषमसान्तसम्ममा पनि वस्तु तथा सेवा आयातका नाममा ८ खर्ब २२ अर्ब रुपैयाँ बाहिरिएको छ । यो आयात गत वर्षको यसै अवधिको तुलनामा ७.०६ प्रतिशतले बढी हो । गत वर्ष ७ खर्ब ६८ अर्ब रुपैयाँ वस्तु तथा सेवा आयातका नाममा बाहिरिएको थियो ।
छिमेकी मुलुक चिनबाट १ खर्ब ६० अर्ब ५४ करोड रुपैयाँको आयात भएको छ । यस्तै भारतबाट ५ खर्ब भन्दा बढीको आयात भएको छ । खर्बौ खर्बको आयात गर्ने नेपालले ६ महिनामा करिब १ खर्ब (९८ अर्ब) बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ । गत आवको तुलनामा यो निर्यात ३१.७८ प्रतिशतले बढी हो ।
चालु आव पहिलो ६ महिनामा २० अर्ब १७ करोड रुपैयाँ बराबर कच्चा भटमास तेल, ११ अर्ब ६७ करोड रुपैयाँ बराबरको कच्चा सनफ्लावर तेल , डिजेल ५४ अर्ब ३६ करोड, पेट्रोल ३२ अर्ब १४ करोड र खाना पकाउने ग्यास २९ अर्ब ७९ करोड रुपैयाँ बराबर आयात भएको भन्सार विभागले जनाएको छ । यो सँगै देशको व्यापार घाटा ४.३८ प्रतिशतले बढेको छ । ६ महिनामा मुलुकले ७ खर्ब २३ अर्ब ५८ करोड १२ लाख रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !