काठमाडौँ। साताको दोस्रो कारोबार दिन नेप्से एकल अङ्कले बढेको छ । आज नेप्से परिसूचक ६ .७८ अङ्कले बढेर २६०७.९९ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.२६ प्रतिशतले बढेको हो ।
यस दिन नेप्सेका आठ वटा उपसमूहका परिसूचक बढेका छन् भने बाँकि पाँच उपसमूहका परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा अन्य उपसमूह रह्यो जसको परिसूचक २.१३ प्रतिशतले बढेको छ। त्यसै गरी सर्वाधिक घट्ने उपसमूहमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक २.५३ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन छ अर्ब २५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ७४ हजार चार सय तीन पटकको कारोबारमा छ अर्ब ५७ करोड रुपैयाँ बराबरको किनबेच भएको छ । जसमा ११८ कम्पनीका शेयर बढेका छन् भने ११७ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी आठ कम्पनीका शेयर स्थिर रहेका छन् ।
सोमबार सर्वाधिक बढ्नेमा मानुषी लघुवित्त रह्यो जसको शेयर ९.०५ प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा विन नेपाल लघुवित्त र सुपर मादी हाइड्रोपावर रह्यो जसको शेयर दश प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा रिभर फल्स पावर रह्यो जसको २४ करोड एक लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा हिमालयन पावर पार्टनरको शेयर रह्यो जसको तीन लाख ७७ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !