काठमाडौ । बैंक तथा वित्तिय संस्थाले चालु आर्थिक वर्षको ६ महिनाको वित्तिय विवरण सार्वजनिक गरिरहेका छन् । कुनै पनि संस्थामा लगानी भएको सेयर लगानीकर्ताहरुको चासो कम्पनीले कमाएको नाफा सँगै उक्त कम्पनीको सेयरले गरेको आम्दानीमा हुने गरेको छ । प्रतिसेयर आम्दानीले प्रतिकित्ता सेयरबराबर कम्पनीले कति आम्दानी गर्यो भन्ने देखाउँने भएकाले आम लगानीकर्ताको चासो यसमा देखिने गरेको हो ।
दोस्रो बजारमा सेयर कारोवार गर्ने लगानीकर्ताले कम्पनी छनोट गर्दा प्रतिसेयर आम्दानीको बारेमा जान्न जरुरी छ । कम्पनीको प्रतिसेयर आम्दानीले उक्त कम्पनीको आर्थिक स्वस्थता र सवलता कस्तो छ भन्ने कुराको जानकारी दिन्छ । यसकारण हामीले पनि सञ्चालनमा रहेका बाणिज्य बैकमा कसको सेयर आम्दानी कति भयो भन्ने बारे जानकारी दिन खोजेका छौ ।
यस्तो छ प्रतिसेयर आम्दानी
छ महिनामा सबैभन्दा बढी नाफा कमाएको नबिल बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ०५ पैसा कायम भएको छ । गत वर्ष यसैअवधिमा यसको प्रतिसेयर आम्दानी २३.७४ रुपैयाँ थियो । यस आधारमा यो ६ महिनामा ०.३१ रुपैयाँले बढेको दखिन्छ । यता सिटिजन्स बैंकमा लगानी गरेका सेयरधनीको प्रतिसेयर आम्दानी घटेको देखिन्छ । यसको प्रतिसेयर आम्दानी ८.९६ रुपैयाँ कायम भएको छ । गत वर्ष यसै अवधिमा ११.०२ रुपैयाँ थियो । माछापुछ्रे बैंकको प्रतिसेयर आम्दानीमा पनि थोरै बढोत्तरी देखिन्छ । यसको प्रतिसेयर आम्दानी १३.८९ रुपैयाँ छ । गत वर्ष १३.८६ रुपैयाँ थियो ।
यस्तै लक्ष्मी सनराइज बैंकको पनि प्रतिसेयर आम्दानीमा झिनो सुधार छ । गत वर्ष यसैअवधिमा ९.१४ रुपैयाँ प्रतिसेयर आम्दानी भएको लक्ष्मी सनराइजको यो वर्षको ६ महिनामा ९.५५ रुपैयाँ छ । नेपाल बैंकको प्रतिसेयर आम्दानी घटेर ६.२७ रुपैयाँ कायम भएको छ । गतवर्ष यसै अवधिमा ८.०३ रुपैयाँ थियो ।
कुमारी बैंकको प्रतिसेयर आम्दानीमा भने निक्कै गिरावट आएको छ । कुमारीको प्रतिसेयर आम्दानी ४. ५१ रुपैयाँले घटेर २.१ रुपैयाँ कायम भएको छ । नाफा कमाउँनेमा दोस्रो स्थानमा परेको ग्लोबल आइएमइ बैंकको पुस मसान्तसम्म आइपुदा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७१ पैसाले बढेर १६ रुपैयाँ ०२ पैसा पुगेको छ । यस्तै प्रभु बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २३ पैसाले बढेर ११ रुपैयाँ ३५ पैसा कायम भएको छ भने एनएमबी बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८४ पैसा बढेर २१ रुपैयाँ ८२ पैसा पुगेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०४ पैसाले बढेर १६ रुपैयाँ ६० पैसा (बार्षिक) कायम भएको छ भने एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ९४ पैसा बढेर ३२ रुपैयाँ ०६ पैसा पुगेको छ । यता एनआइशी एशिया बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५५ पैसाले घटेर २ रुपैयाँ ०४ पैसामा झरेको छ भने सानिमा बैंकको प्रतिसेयर आम्दानी ८० पैसाले बढेर १७ रुपैयाँ ६१ पैसा कायम भएको छ । नेपाल एसबिआइ बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ १४ पैसाले बढेर १७ रुपैयाँ १५ पैसा (वार्षिक) कायम रहेको छ । प्राइम कमर्सियल बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ २२ पैसाले घटेर १९ रुपैयाँ २८ पैसा कायम भएको छ । कृषि विकास बैंकको प्रतिसेयर आम्दानी ६.२६ रुपैयाँले घटेर ११.४७ रुपैयाँ कायम भएको छ । यस्तै सिद्धार्थ बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६५ पैसाले घटेर ७ रुपैयाँ ५३ पैसा कायम भएको छ ।
हिमालयन बैंकको प्रतिसेयर आम्दानी ०.१४ रुपैयाँले बढेर १४.०३ रुपेयाँ पुगेको छ । स्ट्याण्डर्ड चार्टड बैंकको ३२ रुपैयाँ ६७ पैसा प्रतिसेयर कायम भएको छ । गत आवको यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ६२ पैसा थियो ।
प्रतिसेयर आम्दानी बढदो ट्रेन्डमा छ भने कम्पनीको आम्दानी पनि बढदो क्रममा छ भन्ने बुझिन्छ । आम्दानी बढ्दो अवस्थामा भएको कम्पनीको सेयरमूल्य बढछ भने बोनस पनि धेरै दिने सम्भावना हुन्छ ।प्रतिसेयर आम्दानी र सेयर मूल्यको सम्बन्ध सकारात्मक हुन्छ, प्रतिसेयर आम्दानी बढ्दै जादा कम्पनीको सेयर मूल्य पनि बढ्दै जान्छ । प्रतिसेयर आम्दानी घटदै जादा कम्पनीको सेयरमूल्य पनि घट्दै जान्छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !