काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्म एनएमबि बैंकले २ अर्ब ३५ लाख ४० हजार खुद नाफा कमाएको छ । बैंकको नाफा गत आवको यसै अवधिको तुलनामा ४५।६१ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिमा बैंकले १ अर्ब ३७ करोड ५९ लाख नाफा कमाएको थियो ।
यसैगरी बैंकको खुद ब्याज आम्दानी १३।७२ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी १७।३८ प्रतिशत र कुल सञ्चालन आम्दानी १४।२८ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ९५ करोड ७६ लाख रुपैयाँबाट घटेर ३४ करोड ४७ लाख रुपैयाँमा झरेको छ।
बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८४ पैसा बढेर २१ रुपैयाँ ८२ पैसा पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात १०।९५ गुणा रहेको छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !