काठमाडौ । बीमा प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदका लागि प्राधिकरणकै तीन जना निर्देशकको रस्साकस्सी देखिएको छ । गत जेठमा प्राधिकरणको कार्यकारी निर्देशक (इडी) बाट राजुरमण पौडेलले अवकाश पाएका थिए । सो सँगै लामो समय रिक्त बनेको इडीका लागि प्रक्रिया अघि बढेको छ ।
प्राधिकरणले रिक्त रहेको अध्यक्ष सँगसँगै कार्यकारी निर्देशकको पदको लागि प्रक्रिया अगाडी बढाएको छ । निर्देशकहरु शुसिलदेव सुवेदी (सुपरिवेक्षण महाशाखा प्रमुख), पुजन ढुंगेल अधिकारी (बीमा विकास तथा प्रवद्र्धन महाशाखा प्रमुख) र कमल प्रसाद रेग्मी (कानुन तथा नियमन महाशाखा प्रमुख) इडीको दौडमा छन् । तर, सिनियारिटीको हिसाबले हेर्ने हो भने रेग्मी सिनियर हुन् । रेग्मी निर्देशक भएको आठ वर्ष पूरा भइसकेको छ ।
प्राधिकरणको प्रवक्ताको जिम्मेवारी इडीले नै निभाउँदै आएका छन् । तर रेग्मी सिनियर भएपनि इडी पौडेलको अवकाश पछि रेग्मीलाई कार्यवाहक कार्यकारी निर्देशकको जिम्मेवारी दिन अध्यक्ष सुर्यप्रसाद शिलवालले नमानेको स्रोत बताउँछ । अहिले प्रवक्ताको भुमिकामा शुसिलदेव सुवेदी छन् । यसकारण एकथरि उनी पावरफुल भएको बताउँछ ।
प्राधिकरणको कर्मचारी विनियमावली अनुसार कार्यकारीमा नियुक्त हुन कम्तीमा निर्देशक पदमा पाँच वर्ष काम गरिसकेको हुन पर्ने कानुनी व्यवस्था रहेकाले सुवेदीको निर्देशक पदमा चार वर्षमात्र भएकाले उनी कार्यकारी निर्देशकका लागि अयोग्य देखिन्छन् । तर प्राधिकरण स्रोतकै अनुसार कार्य क्षमता मूल्यांकनलाई पनि आधार मानिने हुँदा उनलाई अयोग्य मान्न नहुने तर्क गर्छ । त्यस्तै, महिला र समावेशीको हकमा चार वर्ष निर्देशक भएको व्यक्ति कार्यकारी निर्देशक नियुक्त हुन योग्य हुन्छ । त्यसैले ढुङ्गेलको चार वर्षमात्र भएपनि उनी महिला भएकाले उनी कार्यकारी निर्देशक बन्न सक्ने सम्भावना बढीरहेको प्राधिकरण स्रोत बताउँछ ।
कार्यक्षमता मूल्याङ्कनका आधारमा प्राधिकरणले कार्यकारी निर्देशकको पदपुर्तिका लागि खुलाएको आवेदनको म्याद माघ १८ गतेसम्म रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !