काठमाडौ । सानिमा बैंकका केही संस्थापक सेयरधनी बाहिरिदै छन् । बाहिर चाहने संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ४९ हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएका छन । सेयरको न्यूनतम भाउ १४५ रुपैयाँ तोकिएको छ ।
सेयर खरिद गर्न इच्छुक जो कोहीले आज (माघ ३ गते) बाट १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा आवेदन दिनु पर्नेछ । सानिमाको दोस्रो बजारमा सेयर मूलय प्रतिकित्ता २ सय ८९ रुपैयाँ रहेको छ । दोस्रो बजारमा सुचिकृत १३ करोड ५८ लाख १५ हजार कित्ता सेयरमध्ये ५१ प्रतिशत अर्थात ६ करोड ९२ लाख ६५ हजार कित्ता संस्थापक सेयर रहेको छ । बाँकी सर्वसाधारणमा जारी भएको सेयर हो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !