काठमाडौं । लगातार बढेको सेयर बजार बिहीबार भने घटेर बन्द भएको छ । यस दिन नेप्से सूचक १८.१४ विन्दुले घटेर २६३५.०९ अंकमा अडिएको छ ।बिहीबार ७ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम भने बढेको हो । आज २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेका छन् । होटल तथा पर्यटनबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।
बिहीबारको कारोबारमा ३०८ कम्पनीको १ करोड ५७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४४ करोड ८८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सुपर मादी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सिनर्जी पावर डेभलपमेन्ट कम्पनी र सिन्धु विकास बैंक परेका छन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !