काठमाडौँ। साताको पहिलो कारोबार दिन नेप्से एकल अंकले बढेको छ। आज नेप्से परिसूचक ५ . ३२ विन्दुले बढेर २५९१.५६ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.२० प्रतिशतले बढेको हो ।
यस दिन नेप्सेका १३ उपसमूहमध्य आठ उपसमूहका परिसूचक बढेका छन् भने बाँकी सात उपसमूहका परिसूचक घटेका छन् । आइतबार सर्वाधिक बढ्नेमा हाइड्रोपावर उपसमूह रह्यो जसको परिसूचक १.६७ प्रतिशतले बढेको छ । त्यस्तै यस दिन सर्वाधिक घट्ने उपसमूहमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक १ .०४ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक बढेसंगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन चार अर्ब ६० करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२७ स्टकको ६१ हजार एक सय ६७ पटकको कारोबारमा चार अर्ब ८६ करोड बराबरको किनबेच भएको छ । जसमा १४५ कम्पनीका शेयर बढेका छन् भने ९२ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी छ कम्पनीका शेयर स्थिर रहेका छन् ।
यस दिन सर्वाधिक बढ्नेमा दोर्दी खोला जलविद्युत, उपकार लघुवित्त र ग्रिन भेन्चर्स लिमिटेड कम्पनी रह्यो जसको शेयर दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा नारायणी विकास बैंक रह्यो जसको शेयर ८.८८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा जानकी फाइनान्स रह्यो जसको १९ करोड नौ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा प्रभु बैंक रह्यो जसको तीन लाख ८३ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !