काठमाडौ । गार्डियन माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडको आइपिओ विक्रि खुला भएको छ । आज आइतबार पुस २१ गते कार्यालय समयबाट सर्वसाधारण लागि आइपीओ खुला भइसकेको कम्पनीले जनाएको छ। कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर बिक्रिमा ल्याएको हो । यसमा पुस २१ गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।
यो आइपीओमा कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ । रेटिङ एजेन्सी केयर नेपालले इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८१ साउन २३ गते उक्त रेटिङ दिएको थियो ।
यो रेटिङ २०८२ साउन २१ गतेसम्म बाहल रहनेछ । यसले प्रतिकित्ता १०० रुपैयाँका अंकित दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !