काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्य एकै दिन भारी मूल्यले वृद्धि भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस दिन चाँदीको मूल्यमा पनि तोलामा २० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !