काठमाडौ । बिहिबार सेयर बजारमा झिनो सुधार देखिएको छ । नेप्से परिसुचक ४.६३ अंकले बढेर २५८६.२३ विन्दुमा अडिएको छ । यसदिन ४ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्रि भएको छ । भिनो सुधार आएको बजारमा न्यादी हाइड्रोपावर, सामुदायिक लघुवित्त वित्तिय संस्था र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारत्मक सर्किट लागेको छ ।
यसदिन बैकिंङ समुह, लगानी समुह, लघुवित्त समुह, ट्रेडिङ समुह र अन्य समुहमा गिरावट आएको छ भने अरु समुहमा बढोत्तरी देखिएको छ । विकास बैंक समूहमा सबैभन्दा बढी वृद्धि देखिएको छ । आजको कारोबारमा ३१५ कमपनी सामेल थिए । आज सबैभन्दा बढी प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको संस्थापक सेयरको खरिद बिक्रि भएको छ ।
यसको ४६ करोड रुपैयाँभन्दा बढीको सेयर खरिद बिक्रि भएको हो । यसैगरी १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको बजारमा दोस्रो बढी कारोबार हुनेमा न्यादी हाइड्रोपावर र तेस्रोमा हिमालयन डिष्टिलरी परेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !