काठमाडौ । केन्द्रीय तथ्यांक कार्यालयले ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ सार्वजनिक गरेको छ । सर्वेक्षणको नतिजा अनुसार सन्दर्भ अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने जम्मा १ लाख ४२ हजार २२३ प्रतिष्ठानहरु संचालनमा रहेका छन् । यी प्रतिष्ठानहरुमा संलग्न व्यक्तिको संख्या ३ लाख ८७ हजार ७४७ रहेको सर्वेक्षणले देखाएको छ ।
यस्तो प्रकृतिको होटलमा रोजगार व्यक्तिहरुको संख्या १ लाख ६ हजार ४५९ रहेको छ । आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरुले कार्यरत तलवी कामदारहरुको लागि तलव÷ज्याला र सुविधामा करिब २० अर्ब ६१ करोड ५० लाख रुपैयाँ खर्च गरेका छन् । प्रतिष्ठानहरुले करिब २ खर्व १६ अर्ब ७३ करोड ८३ लाख मूल्य बराबरको रकम लागतको रुपमा खर्च गरी करिब ३ खर्व २६ अर्ब १ करोड ४ लाख मूल्य बराबरको सेवा उत्पादन गरेको देखिन्छ । यस हिसावले सन्दर्भ अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरुले नेपालको अर्थतन्त्रमा करिब १ खर्व ९ अर्ब २७ करोड १ लाख बराबरको मूल्य अभिवृद्धि गरेको देखिन्छ । प्रतिष्ठानहरुमा करिब ५ खर्व ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको स्थायी सम्पत्ति रहेको देखिएको छ । सन्दर्भ अवधिसम्म आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरु मध्येकरिब २८.४% ले वित्तिय संस्थाहरुसँग ऋण लिएको देखिन्छ भने ७१.६% प्रतिष्ठानहरुको ऋण नभएको/नलिएको देखिएको छ ।
नेपालमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित प्रतिष्ठानहरु (होटल, लज, रिसोर्ट, होमस्टे, अतिथि गृह/सेवा सदन, छात्रावास÷होस्टेल, रेष्टुरेण्ट तथा क्याटरिङ/पार्टी प्यालेस) को विस्तृत विवरण सङ्कलनका लागि राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय होटल तथा रेष्टुरेण्ट सर्वेक्षण, २०८० सम्पन्न गरेकोछ । कार्यालयले यस अघि “होटल तथा लज सर्भेक्षण २०६० ” संचालनगरेको थियो । उक्त सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धी प्रतिष्ठानहरु तारे होटल, रिसोर्ट, र गैर तारे होटेलहरुलाई सर्वेक्षणको दायरामा राखिएको थियो । “होटल तथा लज सर्वेक्षण २०६०” मा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित प्रतिष्ठानहरु तारे होटल, रिसोर्ट, र गैर तारे होटेलहरु मात्र सर्वेक्षणको दायरामा परेका थिए भने यस “राष्ट्रिय होटल तथा रेष्टुरेण्ट सर्वेक्षण, २०८०” मा सर्वेक्षणको दायरालाई फराकिलो पारिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !