काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । हवाई इन्धनको मूल्य भने घटाएको छ । निगमले विज्ञप्ति जारी गर्दै इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा १.०९, डिजेलमा २.२२ ले बढेर आएको र हवाई इन्धनमा १.७१ रुपैयाँले घटेर आएको जनाएको छ ।
निगम सञ्चालक समितिको निर्णय अनुसार भोलीबाट लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ ले बढाईएको तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर २ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंकालागि प्रति किलोलिटर अमेरिकी डलर १५ का दरले घटाईएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !