काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ तान्ने भएको छ। बजारमा अधिक तरलताका कारण केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गरी फेरि खिच्न लागेको हो।
राष्ट्र बैंकमा निक्षेप राख्न चाहने बैंकहरुले पुस १४ गते बेलुका २ बजेसम्ममा आवेदन गर्न सक्ने छन्। बैंकहरुले न्यूनतम १० करोड निक्षेप राख्न आवेदन दिन सक्ने छन्। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। सबैभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने बैंकको आवेदन पहिलो प्राथमिकतामा पर्ने छ।
अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ। अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमा भन्दा पनि तल झरेको छ। अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशत भन्दा तल छ। जसले गर्दा केन्द्रीय बैंकले निरन्तर तरलता खिचिरहेको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !