काठमाडौ । पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनपछि भारतले शुक्रबार सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको छ । सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हालेका सिंहको बिहीबार साँझ नयाँदिल्लीको अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको थियो । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।
“दिवंगत महानुभावप्रति सम्मान स्वरुप सम्पूर्ण भारतमा सात दिनको राजकीय शोक मनाइने निर्णय गरिएको छ”, भारत सरकारले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेको छ । शोक जनवरी १ सम्म मनाइनेछ । “स्वर्गीय डा. मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय पनि गरिएको छ”, विज्ञप्ति जारी गर्दै भनेको छ । यस्तै राष्ट्रिय झण्डा आधा झुकाइने भनिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !