अस्ताना, काजाखस्तान। काजाखस्तानको विपद व्यवस्थापन मन्त्रालयले २५ जना जीवितै रहेको र तीमध्ये २२ जनालाई अस्पताल लगिएको जनाएको छ । एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र चालक दलका पाँच सदस्य गरी ६७ जना रहेको यातायात मन्त्रालयले जनाएको छ ।
अजरबैजान एयरलाइन्सले सञ्चालन गरेको उक्त विमान अक्ताउ शहर नजिकै खसेपछि आगो लागेको अधिकारीहरुले बताएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन । अजरबैजान एयरलाइन्सको जे २-८२४३ विमान अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि उडेको थियो । आँधीबेहरीका कारण यसलाई ‘डाइभर्ट’ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !