काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (पुस ५ गते) बाट एफपिओ बिक्रि खुला गरेको छ । यस लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ बिक्रिमा ल्याएको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता सेयर निष्कासन भएको हो ।
यो एफपीओमा पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने पुस १९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
माहुली कस्तो कम्पनी हो ?
क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस लघुवित्तको एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जानाउने ‘इक्रा इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ । इक्रा नेपालले २०८१ साउन २५ मंसिर १४ गते यो रेटिङ दिएको हो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७१ पैसा थियो भने प्रतिसेयर नेटवर्थ १८७.७५ रुपैयाँ थियो । त्यतिवेला माहुलीले १ करोड ६४ लाख २० हजार रुपैयाँ सञ्चित नाफा गरेको थियो । त्यसपछि आर्थिक वर्ष २०८०/०८१ मा आइपुग्दा यसको प्रतिसेयर आम्दानी २१.४४ रुपैयाँ पुगेको कम्पनीद्धारा जारी विवरणपत्रमा उल्लेख छ । गत आर्थिक वर्ष यसको प्रतिसेयर नेटवर्थ २०८.४० पैसा हुदा यसको सञ्चित नाफा ९ करोड ४ लाख ८३ हजार रुपैयाँ थियो । चालु आवमा यसको प्रतिसेयर आम्दानी २८.२८ रुपैयाँ पुग्ने प्रक्षेपण कम्पनीले गरेको छ ।
आगामी तिनवर्ष भित्र यसको प्रतिसेयर आम्दानी ५४.१७ रुपैयाँ पुग्ने प्रक्षेपण कम्पनीले गरेको छ । आगामी तीन वर्षमा यसको सञ्चित नाफा बढेर ४२ करोड पुग्ने प्रक्षेपण कम्पनीको छ । माहुलीको दोस्रो बजारसमा १ हजार ५ सय रुपैयाँ भन्दा बढी सेयरमूल्य रहेको छ । महुली लघुवित्त अधिकृत पुँजी ४० करोड रुपैयाँ रहेको छ । यस्तै, जारी पुँजी ३६ करोड ९९ लाख २३ हजार ५ सय रुपैयाँ रहेको छ । हाल चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ छ । एफपीओ निष्कासनपछि चुक्ता पुँजी जारी पुँजी बराबर ३६ करोड ९९ लाख २३ हजार ५ सय रुपैयाँ नै पुग्नेछ । यसमध्ये संस्थापक सेयरधनीको हिस्सा ७० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको हिस्सा ३० प्रतिशत रहनेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !