काठमाडौँ । बैंकर्स संघका नवनियुक्त अध्यक्ष सन्तोष कोइरालाले बैंकहरु यतिखेर समस्यामा रहेको बताएका छन् । बुधबार आयोजित संघको ३८औँ वार्षिक साधारणसभामा कोइरालाले बैंकहरुमा डिभिडेन्ड दिन नसक्नु,रिकभरी नहुनु लगायतका समस्यासँग जुधिरहेको बताएका हुन् । यद्यपि बैंकहरु अनुशासित भएर काम गररहेको र राष्ट्र बैंकको नियम पालना गरेर हिँडिरहेकाले आन्तरिक रुपमा भने सुदृढ र सवल रहेको बताएका छन् ।’तथ्यांकमा राम्रो नदेखिए पनि भित्रि रुपमा हामी निकै सबल छौं ।दक्षिण एशियामै बैंकिङ मजबुद बनाउन भुमिका खेल्ने राष्ट्र बैंकप्रति बैंकरहरु आभारी हुनै पर्छ,’कोइरालाले भने ।
संघको नवनियुक्त अध्यक्ष भएर आएपनि पूर्वअध्यक्षहरुको साथ र सल्लाह बमोजिमनै आफू अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे । उनले भने- “सुनिल केसी सर निवर्तमान अध्यक्ष भनिएपनि हामी सँगसँगै हुनेछौँ,वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने संघको प्रावधानले मात्र म अध्यक्षको जिम्मेवारी सम्हाल्न आइपुगेँ कोही बाहिर कोही भित्र भन्ने हुँदैन हामी सँगै हुनेछौँ ।”
बैंकर्स संघको ३८औँ वार्षिक साधारण सभाले माछापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निर्विरोध चयन गरेको हो । यस्तै ग्लोबल आइएमइ बैंकका सीईओ सुरेन्द्र रेग्मी उपाध्यक्ष भएका छन् । उनी पनि निर्विरोध भएका हुन् । एभरेष्ट बैंकका सीईओ दोस्रो कार्यकालका लागि सदस्य चयन भएका छन् । यसअघि पनि उनी कार्यसमितिमा रहेर काम गरिसकेका छन् । नेपाल बैंकका सीईओ तिलक पाण्डे र कुमारी बैंकका सीईओ रामचन्द्र खनाल पनि सदस्यमा चयन भएका छन् । पाण्डे र खनाल थपिएका नयाँ सदस्य हुन् भने अरु सदस्य भने पुरानै रहेका छन् । प्रभु बैंकका सीईओ अशोक शेरचन, नेपाल एसबिआइ बैंकका दीपक कुमार पाण्डे, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंकका सञ्जिव मानन्धर र सिद्धार्थ बैंकका शुन्दर प्रसाद कंडेल सदस्यछन् । सल्लाहकारको भुमिकामा भने नबिल बैंकका ज्ञानेन्द्र ढुंगाना र हिमालय बैंकका अशोक राणा छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !