काठमाडौ । नेपाल बैकर्स संघको अध्यक्षमा माछापुछ्रे बैंकका सन्तोष कोइराला निर्विरोध चयन भएका छन् । बैंकर्स सँघको ३८ औ वार्षिक साधारण सभाले उनलाई अध्यक्षको रुपमा चयन गरेको छ । यस अघि उनी संघको उपाध्यक्ष थिए । यस्तै ग्लोबल आइएमइ बैंकका सुरेन्द्र रेग्मी उपाध्यक्ष भएका छन् । उनी पनि निर्विरोध भएका हुन् ।
एभरेष्ट बैंकका सिइओ दोस्रो कार्यकालका लागि सदस्य चयन भएका छ । यसअघि पनि उनी कार्यसमितिमा रहेर काम गरिसकेका छन् । नेपाल बैंकका सिइओ तिलक पाण्डे र कुमारी बैंकका सिइओ रामचन्द्र खनाल पनि सदस्यमा चयन भएका छन् । पाण्डे र खनाल थपिएका नयाँ सदस्य हुन् भने अरु सदस्य भने पुरानै रहेका छन् । प्रभु बैंकका अशोक शेरचन, नेपाल एसबिआइ बैंकका दीपक कुमार डे, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंकका सञ्जिव मानन्धर र सिद्धार्थ बैंकका शुन्दर प्रसाद कंडेल छन् । सल्लाहकारको भुमिकामा भने नबिल बैंकका ज्ञानेन्द्र ढुंगाना र हिमालय बैंकका अशोक रााण छन् । उनीहरुल बैंकर्स सँघका पूर्व अध्यक्ष पनि हुन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !