काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्साबाट काठमाडौं ल्याएर फेरि पोखरातर्फ लगिएको छ । बुद्ध एयरको जहाजको अन्तिम सिटमा बसेर उनी पोखरा उडेका छन् ।
रविलाई आज बिहान वीरगञ्जबाट काठमाडौं ल्याइएको थियो भने केही बेर विमानस्थलमा राखेर पोखरा लगिएको हो । रवि चढेकै विमानमा उनकी पत्नी निकिता पौडेल पनि चढेकी छन् । उनी पनि पोखरा जान लागेकी हुन्, तर रवि र निकिता फरक फरक सिटमा देखिएका थिए ।
रविलाई लैजाँदै गर्दा पोखरामा उनको समर्थनमा प्रदर्शन भएको छ । काठमाडौंबाट गएका केही ‘स्वतन्त्र अभियन्ता’ हरुको नेतृत्वमा प्रदर्शन भएको हो । प्रदर्शनपछिको सभामा उनीहरुले रवि लामिछानेलाई निशर्त रिहा गर्नुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !