काठमाडौँ। साताको दोस्रो कारोबार दिन पनि नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १२.८७ विन्दुले घटेर २६७६.१५ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.४७ प्रतिशतले घटेको हो ।
यस दिन नेप्सेका १३ उपसमूहमध्य पाँच उपसमूहका परिसूचक बढेका छन् भने बाँकी आठ उपसमूहका परिसूचक घटेका छन् । सोमबार सर्वाधिक बढ्नेमा उत्पादन तथा प्रशोधन उपसमूह रह्यो जसको परिसूचक १.०६ प्रतिशतले बढेको छ । त्यस्तै यस दिन सर्वाधिक घट्ने उपसमूहमा जीवन बिमा उपसमूहमा रह्यो जसको परिसूचक १.६७ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक घटेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ७ अर्ब ३५ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ६२ हजार सात सय ५८ पटकको कारोबारमा ५ अर्ब ६२ करोड बराबरको किनबेच भएको छ । जसमा ९२ कम्पनीका शेयर बढेका छन् भने १३८ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी १३ कम्पनीका शेयर स्थिर रहेका छन् ।
यस दिन सर्वाधिक बढ्नेमा इमर्जिङ्ग नेपाल लिमिटेड रह्यो जसको शेयर ८.७६ प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा स्वाभिमान लघुवित्त रह्यो जसको शेयर दश प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेवलप्मेंट रह्यो जसको ३५ करोड २७ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा आरएमएफ -२ रह्यो जसको ५ लाख १७ हजार चार सय कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !