काठमाडौँ। केहि दिन देखि लगातार दोहोरो अंकले बढेको नेप्से बिहिबार भने एकल अंकले घटेको छ । आज नेप्से परिसूचक ८ . ३० विन्दुले घटेर २७४८.०५ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ० . ३० प्रतिशतले घटेको हो ।
यस दिन नेप्सेका १३ उपसमूहमध्य १० उपसमूहका परिसूचक घटेका छन् भने दुई उपसमूहको परिसूचक बढेका छन् । बिहिबार पनि सर्वाधिक बढ्ने उपसमूहमा व्यापार उपसमूह रह्यो जसको परिसूचक ९. ९५ प्रतिशतले बढेको छ । हिजो बुधबार पनि ब्यापार उपसमूहनै सबै भन्दा बढी ९ . २७ प्रतिशतले बढेको थियो । त्यस्तै विकास बैंक उपसमूह १ . ०५ प्रतिशत तथा जीवन बीमा उपसमूह ० . ४७ प्रतिशतले बढेका छन् । यस दिन सर्वाधिक घट्ने उपसमूहमा हाइड्रोपावर उपसमूह रह्यो जसको परिसूचक १ . ५८ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक घटेसँगै बिहिबार कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ९ अर्ब ३१ करोड बराबर शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०७ स्टकको ८३ हजार ३ सय २७ पटकको कारोबारमा ८ अर्ब ५४ करोड बराबरको किनबेच भएको छ । जसमा ४९ कम्पनीका शेयर बढेका छन् भने १४९ कम्पनीका शेयर घटेका छन् ।
यस दिन सर्वाधिक बढ्नेमा विशाल बजार र वेअन नेपाल लघुवित्त रह्यो जसको शेयर समान दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा मानुषी लघुवित्त रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा एक्सेल डेवलपमेन्ट बैंक रह्यो जसको ३१ करोड आठ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा पनि एक्सेल डेवलपमेन्ट बैंक नैरह्यो जसको चार लाख ४७ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !