काठमाडौ नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि अन्तरवार्ता शुरु भएको छ । आजको अन्तरवार्तामा बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की मात्र उपस्थित भएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । तत्कालीन बिमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने अनुपस्थित भएका छन् ।
सर्ट लिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले यसअघि नै अन्तरवार्ता दिइसकेकोले आज एक जना मात्र उपस्थित भएपनि मान्यता पाउने स्रोतले बताएको छ । यद्यपि आज दुई जना उपस्थित छन् । धितोपत्र ऐनको व्यवस्थाअनुसार छनोट समितिले अध्यक्षका लागि ३ जना सिफारिस गर्नुपर्छ । ती सिफारिस नामबाट एक जना मन्त्रिपरिषद्ले अध्यक्षको लागि छनौट गर्नेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !