काठमाडौँ। आज लगातार पाँचौ दिन पनि सुनको मूल्यमा भारी वृद्धि भएको छ । यस दिन सुन प्रतितोला एक हजार ५०० रुपैयाँले बढेको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्यमा भने गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर एक हजार ९४० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !