काठमाडौँ । धितोपत्र बोर्ड अध्यक्ष पदमा पहिलो चरणको छनौटमा परेर अन्तर्वार्तामा उपस्थित नभएका तीन जनालाई मंसिर ९ गते अन्तर्वार्ताका लागि बोलाइएको छ । अर्थमन्त्रालय छर्नाट समितिले तीनै जनालाई अन्तर्वार्तामा उपस्थित हुन पत्र पठाएको हो । नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाइँ,नेपाल धितोपत्र बोर्डका डा. नवराज अधिकारीलाई अन्तर्वार्तामा उपस्थित हुन बोलाइएको छ ।
गत फागुनमा रिक्त धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको थियो । जसमा १९ जना आवेदकले आवेदन दिएका थिए । पहिलो चरणको छनौटमा परेका पाँच जना मध्ये दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्ती श्रेष्ठ प्रस्तुतीकरण तथा अन्तर्वार्तामा उपस्थित भएपनि कार्की, चापागाइँ र अधिकारी छनौट समितिको काम माथि आशंका गर्दै अन्तर्वार्तामा उपस्थित भएका थिएनन् । अनुपस्थित उम्मेदवारहरुलाई अन्तर्वर्ताका लागि पुनः पत्र पठाएर अर्थमन्त्रालयले बोर्ड अध्यक्ष चयनका लागि सक्रियता बढाएसँगै बोर्डले अध्यक्ष चाँडै पाउने अपेक्षा गरिएको छ ।
यस्तो छ सार्बजनिक सूचना-
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !