काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले सेलिब्रेसन हाईट, सुकेधारा, काठमाडौंको सुकेधारास्थित सेलिब्रेसन हाईटमा मंसिर ६ गते विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभा प्रयोजनका लागि कात्तिक २१ गते बुक क्लोज मिति रहेको छ । बुक क्लोजको आधारमा कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
मंसिर ६ गतेको सभाले आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयमा छलफल गर्नेछ ।
कम्पनीले यस वर्ष आफ्ना शेयर धनीलाई लााभांश नदिने भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !