काठमाडौँ। समस्याग्रस्त घोषणा भएका १० सहकारीका बचतकर्तालाई आफ्नो बचत फिर्ताको मागदाबी गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आव्हान गरेको छ । मागदाबी गर्न छुट भएका बचतकर्तालाई १५ दिनभित्र मागदाबी पेश गर्न भनेको छ । समितिले पहिलो पटक ३५ दिनको समय दिएर बचतफिर्ता मागदाबी गर्न समय दिएको थियो । त्यतिबेला पनि सबैको मागदाबी नपरेपछि पुन १५ दिनको समय दिएर मागदाबी गर्न भनेको थियो । दुईपटक समय दिदा पनि छुटेका बचतकर्तालाई तेस्रो पटक फेरी १५ दिनको सयम भित्र मागदाबी गर्न भनेको छ ।
कात्तिक १ गतेदेखि १५ गतेसम्म ती सहकारीका बचतकर्ताले मागदाबी गर्न पाउनेछन् । शिवशिखर, तुलसी, कान्तिपुर, गौतम श्री, हाम्रो नयाँ कृषि सहकारी र कृषि विकास बहुउदश्यीय सहकारीका बचतकर्ताले मागदाबी गर्न पाउनेछन् । यस्तै लालीगुराँस बहुउदेश्यीय सहकारी संस्था, गोरखा सेभिङ एण्ड क्रेडिट, नेपाल सहकारी वित्तिय संस्था र पशुपति सेभिङ एण्ड क्रेडिटका बचतकर्ताले १५ दिनभित्र बचत फिर्ताको मागदाबी गर्न सक्नेछन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !