काठमाडौं । रु रु जलविद्युत परियोजनाको लाभांश असोज २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् । कम्पनीले यस वर्षको प्रस्तावित लाभांश पारितका लागि कात्तिक ११ गते २९ वार्षिक साधारयण सभा गर्ने मिति तय गरिसकेको छ । उक्त साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ३० गते एक दिन बुकक्लोज गर्दैछ । बुक क्लोजको मितिका आधारमा असोज २९ गतेसमम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभााम भाग लिन योग्य हुने भएका हुन ।
कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस शेयर वितरणपश्चात् कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात हाल कायम १० कित्ता बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने घोषणा पनि कम्पनीले गरेको छ । कम्पनीको हकप्रद शेयर निष्कासनको प्रक्रिया भने साधारण सभाबाट पारित भएपछि मात्र अघि बढ्नेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !