काठमाडौं। आइतबार शेयर बजारमा २२.३६ अंकले गिरावट आएको छ । शेयर बजार २३.१० अंकले घटेर २,४६४ को विन्दुमा कायम भएको छ ।
यसदिन ४६ कम्पनीको शेयर मूल्य बढेको छ र १९३ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन कारोबार रकम खुम्चिएर ४अर्ब ५ करोडको कारोबार भएको हो ।
अधिकांश कम्पनीको घट्दा पनि वीन नेपाल लघुवित्तको लगानीकर्ताले सर्वाधिक कमाएको छ । उक्त कम्पनीको यसदिन ६.५५ प्रतिशतका दरले बढेको छ ।यसदिन सबैभन्दा धेरै अपर स्याङ्गेको लगानीकर्ताले सर्वाधिक गुमाएका छन । उक्त कम्पनीको ९.९९ प्रतिशतका दरले घटेको छ ।
यसैगरी यस दिन ३२७ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा हेर्दा १५ करोड ९२ लाख रुपैयाँभन्दा बढीसहित एनएलजी इन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र अपि पावर परेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !