काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि दशैंका लागि नोट सटही सुविधा ल्याएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट सटही गर्ने जनाएको हो ।
विभागका अनुसार मुद्रा व्यवस्थापन विभाग, बैकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू ९विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी० बाट सुकिला नोट सटही गर्न सकिने छ । साथै, इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको हुँदा आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ।
नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि नयाँ नोट नभई हाल प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही गर्न लागेको हो। जस अनुसार पहिले नै प्रयोग भईसकेका सुकिलो वा सफा नोट सटही हुने छ। चाडबाडका समयमा मुख्यतयाः ५, १०, २०, ५० र १०० दरका नोटहरूको माग अत्यधिक हुने गरेको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !