काठमाडौं । पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा सामान्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको असोज ८ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६५ खर्ब २० अर्ब निक्षेप संकलन भएको छ । असोज ७ गते ६५ खर्ब १८ अर्ब संकलन भएको थियो ।
यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि वृद्धि देखिएको छ । असोज ७ गते ५७ खर्ब ९३ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले ८ गते ५७ खर्ब ९६ अर्ब निक्षेप संकलन गरेका छन् ।
सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह भने बढेको छ । असोज ७ गते ५२ खर्ब ३२ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले ८ गते ५२ खर्ब ३३ अर्ब बराबरको कर्जा प्रवाह गरेका छन् ।
यस्तै, त्यसअवधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाहमा पनि गिरावट देखिएको छ । सोमबारसम्म ४६ खर्ब ३२ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले मंगलबार ४६ खर्ब ३१ अर्ब कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । साथै, राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८. ८६ प्रतिशत कायम भएको देखाएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !