काठमाडौं । सामाजिक सञ्जालमा भाइरल बनेकी आफूलाई सामाजिक अभियन्ता आशिका तामाङविरुद्ध सूर्यविनायक नगरपालिकाले प्रहरीमा जाहेरी दिएको छ । नगरपालिकाले तामाङलाई आपराधिक उपद्रव गरेको आरोप जाहेरीमा लगाएको छ । केही दिनअघि उनले सो नगरपालिका अन्तरगत पर्ने एउटा झोलुंगे पुलमा भइरहेको रकम असुलीको विरोध गर्दै बनाएको भिडिओ भाइरल भएपछि नगरपालिका कानूनी प्रतिवादमा उत्रेको हो ।
झोलुंगे पुलमा जान २० रूपैयाँको टिकट काट्नुपर्ने भनिएपछि आशिकाले हंगामा गरेकी थिइन् । उनले टिकट काट्न व्यक्तिहरूलाई हप्किदप्की गर्नुका साथै साइनबोर्ड फुटाउने र टिकटहरू च्यातचुत पार्ने काम गरिन् । आइन्दा उक्त पुलमा कर नउठाउन चेतावनी दिएर उनी हिँडेकी थिइन् ।
नगरपालिकाले भने उक्त पुल आवातजावत प्रयोजनका लागि नभएर पर्यटकीय दृष्टिकोणले निर्माण गरिएकाले शुल्क लिइएको दाबी गरेको छ । यही विषयमा नगरपालिकाले आशिकाविरुद्ध बुधबार महानगरीय प्रहरी वृत्त जगातीमा जाहेरी दिएको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !