खासगरी, प्रसाईंका समर्थकहरूले झापामा यातायात बन्दको घाेषणा गरेका थिए। यद्दपी उक्त बन्दकाे असर भने देखिएकाे छैन । अहिले झापामा सवारी साधन निर्बाध रूपमा चलिरहेका छन् ।
आज बिहान भने कहि समय बन्दको प्रभाव परेको थियो । साेहि समयमा ६ वटा मोटरसाइकलमा आएका समर्थकहरूले यूपी-५७ एटी–४४९३ नम्बरको कच्चा पदार्थ बोकेको मालवाहक ट्रकमा आगजनी गरेका थिए । यसैगरी, उनीहरूले डब्लूबी–७३–ई–३०५७ नम्बरको खाली ट्रकमा र झापास्थित धाइजनमा डब्लूबी–७३–ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी गरेका छन्।
आइतबार दिउँसाे प्रहरीले मेडिकल व्यवसायी प्रसाईंलाई पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले हिजाे नै मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा राखेर अनुसन्धान गर्न तीन दिन म्याद थपेकाे छ। प्रहरीको साइबर ब्युरोले साइबर अपराध गरेको आरोपमा प्रसाईंलाई पक्राउ गरेकाे थियाे।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !