काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाइँ विरुद्ध सरकारले पक्राउ पुर्जी जारी गरेको छ । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
काठमाडौं जिल्ला अदालतले प्रसाईं, जीवन पाण्डे र दुर्गा खनाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । उनीहरुमाथि विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघन गरेको आरोपमा प्रहरीले पक्राउका लागि अनुमति माग गरेअनुसार न्यायाधीश महेन्द्र काफ्लेको इजलासले पुर्जी जारी गरेको जिल्ला अदालतले जनाएको छ । पछिल्लो समय दुर्गा प्रसाइले सरकार विरुद्ध अराजक भिडियोहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै आएका थिए ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !