भोली अर्थात् असोज १ गते इन्द्रजात्राको अवसरमा उपत्यका बिदाका कारण शेयर बजार बन्द रहने छ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले असोज १६ गते, बुधबार, अर्पण ब्यान्क्वेट, थापागाँउ, नयाँ बानेश्वर, काठमाडौँमा २४ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले कम्पनीको जारी पूँजी वृद्धि गर्ने, सो अनुसार कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !