चितवन । नेपाली काँग्रेस नेता डा।शशाङ्क कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिएका छन्।
आज भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले भने, ‘राजतन्त्र फर्कनेमा मलाई कमै विश्वास छ। यहाँ हरेक कुराको सम्भावना छ। संसदले चाह्यो भने जे पनि हुनसक्छ।’ सरकारका कामप्रति नागरिक पूर्णरूपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको उनको भनाइ थियो।
गणतन्त्र बचाउन सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै उनले भने,’मलाई पनि सरकारको काम त्यति सन्तोषजनक लागेको छैन। मुलुकको उन्नति र प्रगतितर्फ सरकारले ध्यान दिएन।’
सङ्घीयता आवश्यक भए पनि यसको वर्तमान संरचनाप्रति भने प्रश्न उठेको उनले बताए। उनले भने,’जनताका मनमा आएका व्यवस्था परिवर्तनसम्बन्धी आशङ्का हटाउन सबै दल एक ठाउँमा आउनुपर्छ।’
नारायणगढ९बुटवल सडक खण्डका विषयमा आफूले निर्माण व्यवसायीलाई १२ पटकसम्म भन्दा पनि काम हुन नसकेको तथा यस विषयमा संसदमा कुरा उठाउने उनले बताए।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !