चितवन । गएराती देखि परेको अविरल बर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा गएको पहिरो हटाइएको छ । आज बिहान ७ः२५ बजे खसेको लेदोसहितको पहिरो पन्छाएर सकिएपछि अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन भएको हो ।
पहिरो पन्छाएर सकिएसँगै ९ बजेबाट पृथ्वी राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
चितवनमा गएरातिदेखि नै वर्षा भएकाले नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा पहिरोको प्रशासनले जोखिम बढेको भन्दै सतर्कता अपनाएर यात्रा गर्न अनुरोध समेत गरेको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !