काठमाडौं । एनएमबि बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने भएको छ । बैंकले ८ दशमलव २५ प्रतिशत लाभांश दर कायम गरी अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने निर्णय कम्पनीले दिएको छ । भदौ १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो । यो अग्राधिकार शेयर जारी गर्नका लागि नेपाल राष्ट्र बैंक लगाएत नियमनकारी निकायबाट स्वीकृति लिने जानकारी समेत बैंकले गराएको छ ।
बैंकले नियमनकारी निकायबाट स्वीकृति लिएपनि मात्र अग्राधिकार शेयर जारी हुनेछ । हाल बैंकको चुक्तापूँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !