काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले गत वर्षको लाभांश (प्रतिफल) वितरण गरेको छ । यस योजनाले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कर समेत १० प्रतिशत नगद लाभांश वितरण गरेको हो । भदौ ९ गतेदेखि योजनाले सम्बन्धित इकाइधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै नगद लाभांश जम्मा गरिएको जानकारी योजना व्यवस्थापकले गराएको छ । यसथै आफ्नो लाभांश प्राप्त भए नभएको एकिन गर्न समेत योजना व्यवस्थापकले आग्रह गरेको छ ।
खुलामुखी प्रकृतिको यस योजनाले लाभांश प्रयोजनका लागि साउन १७ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा साउन १६ गतेसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गरेका छन् । योजनाको लाभांश पुनः लगानी योजनामा सहमागी हुन यसअघिनै आवेदन दिएका इकाईधनीहरूको हकमा प्राप्त थप इकाई हितग्राही खातामा निकट भविश्यमा जम्मा गरिने जानकारी समेत योजना व्यवस्थापकले गराएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !