काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले रेकर्ड तोडेको छ। बुधबार छापावाल सुन प्रतितोला १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो। बुधबार कायम सुनको मूल्य हालसम्मकै उच्च हो।
यसअघि भदौ ५ मा छापावाला सुन प्रतितोला १ लाख ५३ हजारमा कारोबार भएको थियो। महासंघका अनुसार मंगलबारको तुलनामा आज छापावाल सुन प्रतितोला ८०० महँगिएको हो। मंगलबार प्रतितोला १ लाख ५२ हजार ३०० मा कारोबार भएको थियो।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ। मंगलबार १८५० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि १८५५ मा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !