काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित तीन योजनाले गत आर्थिक वर्ष ०८०/८१ को प्रतिफल प्रस्ताव गरेका छन् । यस क्यापिटल अन्तर्गत सञ्चालित खुलामुखी प्रकृतिको कुमारी सुनौलो लगानी योजनासँगै बन्दमुखी प्रकृतिका कुमारी धनबृद्धि योजना र कुमारी इक्वीटी फण्डले गत वर्षको प्रतिफल प्रस्ताव गरेका हुन । खुलामुखी प्रकृतिको कुमारी सुनौलो लगानी योजनाले कर समेत १० दशमलव ५० प्रतिशत प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो ।
खुलामुखी योजनाको इकाईधनीहरूले प्राप्त गर्ने प्रतिफल पुनः लगानी गर्न सकिने व्यवस्था रहेको छ । सम्बन्धित इकाईधनीहरूले भदौ २५ गतेसम्म आफ्नो नाम दर्ता गर्नुपर्नेछ । तोकिएको अवधिभित्र नाम दर्ता गर्ने इकाईधनीहरूले प्राप्त गर्ने प्रतिफल बराबरको इकाई सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा सोझै पठाइने व्यवस्था मिलाईनेछ । खुलामुखी प्रकृतिको यस योजनाले प्रतिफल प्रयोजनका लागि भदौ ११ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा भदौ १० गतेसम्म कायम शेयरधनीहरूले मात्र प्रतिशत प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै कुमारी धनबृद्धि योजनाले कर समेत ९ दशमलव ५० प्रतिशत र कुमारी इक्वीटी फण्डले कर समेत ९ दशमलव ५० प्रतिशत प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो । यी योजनाले भने प्रतिफल प्रयोजनका लागि बुक क्लोजको मिति तय गर्न बाँकी छ । योजना व्यवस्थापक क्यापिटलको भदौ १० गते विहान ११ः३० बजे बसेको सञ्चालक समितिको बैठकले तीन योजनाको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !