काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ७.७७५ ब्याजदरमा निजी गाडी कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले नजिकिदैं गरेको नेपालीहरुको महान चाडपर्व उत्सव योजना अन्तर्गत निजी सवारी(रातो प्ले) प्रयोजनको लागि गाडी कर्जा योजना ल्याएको जनाएको छ ।
मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतमा एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने छ । कर्जा रकमको ०.५० प्रतिशत सेवा शुल्क लाग्ने छ ।
गाडीको कोटेशनमा अंकित मूल्यको विधुतीय गाडी (इभी) को हकमा बढिमा ८० प्रतिशत र पेट्रोलरडिजेल गाडीको हकमा बढीमा ५० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने जनाएको छ । बढिमा ७ वर्ष सम्म कर्जा अवधि दिइने यो योजना २०८१ भदौ १ देखि कातिक मसान्तसम्म मात्र लागू हुने बैंकले जनाएको छ ।
यो योजना अन्तर्गत कर्जा लिइएका ग्राहकको कर्जा अवधिभर ब्याजदर परिवर्तन हुने छैन । निवेदन दिएको ७ कार्य दिन भित्रमा निर्णय दिने यस योजनामा गाडी कर्जा सम्बन्धी अन्य प्रचलित नियमहरु आकर्षित हुनेछ ।
यो कर्जा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिने छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !