वीरगंज । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झा मूलतः वीरगंजका बासिन्दा हुन् । अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका उनले कानुन व्यवसायीमार्फत काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएर बयान दिएका छन् । जिल्ला अदालतमा थुनछेक बयानमा उपस्थित भएका झाले कानुन व्यवसायीले भने अनुसार बयान दिएर मौनता देखाएको पाइएको छ ।
झालाई शुक्रबार न्यायाधीशले १४ प्रश्न सोधेका थिए । न्यायाधीश तीर्थराज केसीको इजलासमा ठगी, लिखत किर्ते र राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा बयान दिन पुगेका झाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै कारोबार नरहेको र सम्बन्धै नरहेको बताएपछि बयान लिनेहरु पनि असञ्जसमा परेका छन् ।
पूरक अभियोग पत्र दायर भएपछि अदालत पेश भएका उनीसँग शुक्रबार थुनछेक बहसअघि बिहीबार पनि बयान लिइएको थियो । बयानमा झाले मुख्य प्रमाणमै अस्वीकार गरेका छन् । १५ सवालमध्ये ७ देखि ११ सम्मका प्रश्नमा झाले चलाखीपूर्ण बयान दिएका छन् । उनले आफूमाथि आरोप लागेको समयमा भारतमा उपचाररत रहेको दाबी गरेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !