काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक परेको छ । अग्रवालका पिता श्री श्रवण कुमार अग्रवालको ७७ वर्षको उमेरमा श्रावण २१ गते सोमबार निजी निवास सानेपामा निधन भएको हो ।
औद्योगिक घराना आरएमसी ग्रुपका संस्थापक अध्यक्ष अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा निरन्तर क्रियाशिल थिए। सन् १९९३ मा राजेश मेटल क्राफ्ट उद्योग स्थापना गरी उद्योगमा सक्रिय रहेका अग्रवालको अगुवाइमै आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट, आरएमसी फुड्स उद्योग संचालनमा छन् ।मारवाडी सेवा समितिका पूर्वअध्यक्ष समेत रहेका स्वर्गीय अग्रवाल दुई पटक संविधान सभाको सदस्य समेत रहेका थिए । गौशाला लगायत अन्य पठ मन्दिर निर्माणमा योगदान गरेका उनले संस्थागत एवं व्यक्तिगत रुपमा सामाजिक क्षेत्रमा समेत योगदान गर्दै आएका थिए । स्वर्गीय अग्रवालका श्रीमती, एक छोरी, दुई छोराहरु छन् ।
स्वर्गीय अग्रवालको पार्थिव शरीरलाई आज मंगलबार बिहान ११स्३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !