बिहिबार राति साढे ९ बजे भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले २ शव फेला पारेको हाे ।भारतको चम्पारण नगाहाकाे नारायणी नदीमा २ वटा शव भेटिएको हो । भेटिएका शवमध्ये एउटा शव ल्याइसकिएकाे छ भने अझै एउटा ल्याउन बाँकी रहेको छ । यद्धपि शवकाे सनाखत भइसकेकाे छैन ।
गत असार २८ गते, बिहान साढे ३ बजे चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले २ वटा बस बगाएकाे थियाे ।
पहिरोमा परेर वीरगञ्जबाट काठमाडौं गइरहेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौर गइरहेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस त्रिशूलीमा बगेको थियो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !