काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ७५ हजार ६७२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न चार सदस्यहरूको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले यी शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् । कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा के कति त्तिा खरीद गर्ने हो सोको विवरण समेत खुलाई आवेदन दिनुपर्ने जानकारी कम्पनीले दिएको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !