काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ४ लाख २६ हजार ९९० दशमलव ३० कित्ता संस्थापक शेयर शुक्रवारदेखि विक्रीमा ल्याएको छ । यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गर्दा वितरण हुन नसेकेको यी शेयर दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न सक्ने गरी विक्रीमा आएको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र यी शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नसक्नेछन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !