काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । यस दिन नेप्से १५.७९ अंकले बढेर २१५२.१४ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.७३ प्रतिशतले बढेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य ८ वटा उपसमूहको परिसूचक बढेका छन् भने अन्य चार वटा उपसमूहको परिसूचक घटेका छन् । त्यस्तै म्युचुवल फण्ड उपसमूहको परिसूचक भने स्थिर रहेको छ। मंगलबार सर्वाधिक बढ्नेमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक ३.०६ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा उत्पादन तथा प्रशोधन उपसमूह रह्यो जसको परिसूचक ०.५४ प्रतिशतले घटेको छ ।
नेप्से बढेसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ५६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३१६ वटा स्टकको ६६ हजार ७ सय १६ पटकको कारोबारमा ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको एक करोड १६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १६८ वटा कम्पनी बढेका छन् भने ६८ वटा कम्पनी घटेका छन् । यसैगरी १० वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा गणपती लघुवित्त र आत्मनिर्भर लघुवित्त रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२ रह्यो जसको शेयर ५.४७ प्रतिशतले घटेको छ ।
मंगलबार सर्वाधिक रकमको कारोबार गर्नेमा एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेवेलपमेन्ट कम्पनी रह्यो जसको १९ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा ङ्गदी ग्रुप पावर कम्पनी रह्यो जसको ४ लाख ८ हजार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !