काठमाडौँ । सोमबार मध्यराति १२ बजेर १५ मिनेट जाँदा नेपालको राजनीतिमा उलटफेर भएको छ । नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता सहकार्य गर्ने सहमति बनेपछि सत्तामै रहेको एमाले र कांग्रेसबीचको सहमतिको सरकार केका लागि भन्ने प्रश्नहरु उठिरहेको छ ।
एमाले नेता सूर्य थापा भन्छन्– “प्रचण्ड सरकारले मति सुधार्न नसकेको र केन्द्रदेखि प्रदेशसम्म सरकार माछा बजार बनाएपछि यो समीकरण जन्मिएको हो । जनताको निराशा चिर्न,अर्थतन्त्रलाई गती दिएर राष्टिय सरकार बनाउन हामीले नयाँ गठबन्धनका साथ अघि बढ्ने निर्णय गरेका हौँ ।” अर्थमन्त्री वर्षमान पुनले शहीदका नाममा जथाभावी बजेट बाँड्न लागेको, उनको गृह जिल्ला रोल्पामा बजेट खनयाउन सबै विधी मिच्न तयार हुने जस्ता गलत काम देखेपछि एमाले टुलुटुलु हेरेर बस्न नसकेर सन्तुलित विकासको लागि कांग्रेससँग सहकार्य अघि बढाएको थापाले दाबी गरे ।
गत फागुन २१ गते प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको एमाले चार महिनामै यु टर्न भएर कांग्रेससँग मिलेर सरकार बनाउने निर्णयमा पुगेको हो । हाल कांग्रे एमाले दुई दलको अंकगणित जोड्दा १५७ मात्र पुग्ने देखिन्छ जुन सरकार बनाउन पर्याप्त अंक होइन यस्तो अवस्थामा अन्य साना दलसँग पनि सम्वाद र सहमति आवश्यक हुने देखिन्छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !