काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेको छ । यस दिन नेप्से ५.३७ अंकले घटेर २०६२.९४ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.२५ प्रतिशतले घटेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य ३ वटा उपसमूहको परिसूचक बढेका छन् भने अन्य १० वटा उपसमूहको परिसूचक घटेका छन् । आइतबार सर्वाधिक बढ्ने उपसमूहमा फाइनान्स रह्यो जसको परिसूचक ५.४९ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक १.२३ प्रतिशतले घटेको छ ।
नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३१७ वटा स्टकको ६१ हजार ५ सय १३ पटकको कारोबारमा ४ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ बराबरको ९५ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा ७८ वटा कम्पनी बढेका छन् भने १६४ वटा कम्पनी घटेका छन् । यसैगरी ५ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा रिलायन्स फाइनान्स, साधना लघुवित्त, गणपति लघुवित्त, मैलुंग खोला जलविद्युत कम्पनी र नेपाल फाइनान्स रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा ग्लोबल आइएमइ लघुवित्त रह्यो जसको शेयरमा ६.५८ प्रतिशतको गिरावट आएको छ ।
आइतबार सर्वाधिक रकमको कारोबार गर्नेमा पोखरा फाइनान्स लिमिटेड रह्यो जसको १७ करोड १३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि रिलायन्स फाइनान्स रह्यो जसको ३ लाख ९ हजार ४ सय ४४ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !